धादिङ, भाद्र २४
धादिङको ज्वालामुखी गा।उँपालिका वडा नं.२ मजकोटस्थित अन्दाजी ५२ बर्षको चङ्ख नारायण श्रेष्ठले आफ्नो घर नजिक रहेको खनियाको रुखमा नाम्लोको पासो लगाई झुण्डिएर आत्महत्या गरेको छ ।सो सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यलय धादिङबाट प्रहरी निरीक्षकको कमाण्डमा मुचुल्का सहितको टोली खटिई घटना स्थलसहित लाँश जाँच मुचुल्का लगाएतका अनुसन्धान पुरा गरी शव परीक्षणको लागि धादिंङ अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।