धादिङमा खुल्ला कविता वाचन प्रतियोगिता,प्रमुख सेनानी अशोकराज वराल प्रथम


  • दिव्यदर्शन
  • बिहिबार, भाद्र २१ २०८०
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ, भाद्र २१
निजामती सेवा दिबसको अवसरमा धादिङमा खुल्ला कविता वाचन प्रतियोगिता गरिएको छ ।
कर्मचारी मिलन केन्द्र धादिङको आयोजना र नीलकण्ठ प्रज्ञा प्रतिष्ठान धादिङको सहयोगमा भएको उक्त प्रतियोगितामा प्रादेशिक सडक डिभिजन कार्यलय धादिङका लेखा अधिकृत राम बहादुर रावल,मालपोत कार्यलय धादिङमा कार्यरत लिलानाथ पौडेल,जिल्ला अनुसन्धान कार्यलयमा कार्यरत सुशान्त बराल,जिल्ला आर्यूवेद अस्पतालमा कार्यरत डा.अमूल्य दाहाल,शिव दल गण धादिङका गणपति प्रमुख सेनानी अशोकराज वराल,धादिङ अस्पतालमा कार्यरत कृष्ण अभिलासी चिन्तन,जिल्ला प्रशासन कार्यलयमा कार्यरत साजन न्यौपाने,जिल्ला अनुसन्धान कार्यलयमा कार्यरत संगीता घिमिरे गरि ८ जनाको प्रतिष्पर्धा रहेको थियो ।


प्रतियोगिताबाट शिव दल गण धादिङका गणपति प्रमुख सेनानी अशोकराज वराल प्रथम,जिल्ला अनुसन्धान कार्यलयमा कार्यरत संगीता घिमिरे द्धितिय,मालपोत कार्यलय धादिङमा कार्यरत लिलानाथ पौडेल तृतीय भएका छन् ।

कर्मचारी मिलन केन्द्र धादिङको अध्यक्ष तथा डिभिजन वन कार्यालयका डिभिजनल अधिकृत अजय विक्रम मानन्धरको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी एवम् कर्मचारी मिलन केन्द्र धादिङको संरक्षक बद्रीनाथ गैह्रेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष वद्री प्रसाद दाहालको बिशेष आतिथ्यता रहेको थियोे ।


कर्मचारी मिलन केन्द्र धादिङले रक्तदान, मैत्रीपुर्ण फुटबल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता, खुल्ला कविता वाचन प्रतियोगिता लगायतका कार्यक्रमहरु सम्पन्न गरिसकेको छ ।


बिभिन्न कार्यक्रमहरुको पुरस्कार तथा सम्मान भोलि भाद्र २२ गते शुक्रबार निजामती कर्मचारी दिवसको दिन जिल्ला समन्वय समिती सभाहलमा भव्य कार्यक्रम गरी हस्तान्तरण गर्ने कर्मचारी मिलन केन्द्र धादिङले जनाएको छ ।नेपालमा हरेक वर्ष भाद्र २२ गते निजामती कर्मचारी सेवा दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web