धादिङ
मार्पाक प्रिमियर लिगको दशौ सस्करण आजदेखि सुरु भएको छ ।
नेत्रावती डबजोङ्ग गाउँपालिका ब्यापी हुन लागेको दशौ सस्करणको मार्पाक प्रिमियर लिग फुटसल प्रतियोगिता काठमाडौमा आज बिहान ९ बजेबाट सुरु भएको छ ।गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालको प्रमुख आथित्यतामा भएको पहिलो खेल अन्र्तगत चरङ्गे वि र लामिडाडा बीच भएको खेलमा २–२ गोल गरी बराबरीमा सकिएको छ । गाउँपालिका भित्रका ५ वटै वडाका १६ टिमहरुको सहभागिता भएको प्रतियोगिताको बिजेताले नगद रु १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र साथै उपबिजेताले नगद रु ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ साथै उत्कृष्ठ गोलकिपर, फरवार्ड र डिफेन्सलाई समेत आकर्षक गिफ्टका साथै मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । कार्यक्रमका बिशेष अथितीमा दिब्यदर्शन टेलिभिजनका प्रबन्ध निर्देशक उत्तम कुमार अधिकारी,नेत्रावती डबजोङ गाउँपालिकाका वडा नं. ५का पूर्ववडाध्यक्ष डम्बर अधिकारी,समाजसेवी सुब्बा बहादुर सुनारको सहभागिता रहेको थियो ।