धादिङमा भोलि बिहिबार भाद्र १४ गते जनै पुर्णिमाको दिनबाट लाखे जात्रा सुरु हुने


  • दिव्यदर्शन
  • बुधबार, भाद्र १३ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ,भाद्र १३
धादिङमा भोलि बिहिबार भाद्र १४ गते जनै पुर्णिमाको दिनबाट लाखे जात्रा सुरु हुने भएको छ ।

नेवार समुदायको प्रमुख चाड लाखे जात्रा जनै पुर्णिमाको दिनबाट धादिङबेसीमा औपचारिकरुपमा सुरु हुने भएको हो । नेवार समुदायको घनाबस्ती रहेका ठाउँमा हरेक वर्ष मनाइने लाखे जात्रा अन्तर्गत धादिङको प्रमुख व्यापारिक केन्द्र धादिङ बेसी बजारमा जनै पुर्णिमाको दिन देखि लाखे नाच प्रदर्शन गरिनेछ ।
पछिल्लो एक वर्षमा मृत्यु भएका दिवङ्गत आफन्तको सम्झना गर्दै मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको लाखे जात्रासँगै गाई जात्रासमेत मनाउने गरिएको छ । जिल्लाका विभिन्न ठाउँमा मनाइने गाई जात्रा पर्वलाई देशमा भैरहेका राजनीतिक गतिविधीलाइ व्यङ्य गर्ने दिनका रूपमा समेत चिन्ने गरिन्छ ।

गाई जात्रामा धादिङका नेवार समुदायले दिवङ्गत भएका आफ्ना पितृगणको सम्झना गर्दै टोलटोलमा घुमेर लाखे नाच देखाउनेछन् । क्वाँटीपूर्णिमाको दिन यसअघि अर्थात वर्ष दिनभित्र दिवङ्गत भएका आफन्तको सम्झना गर्दै सापारु बनाएर धादिङ बेसी बजारका विभिन्न चोक परिक्रमा गराउने गरिएको छ ।
लाखे पर्वसँगै जिल्लामा लाखेजात्रा, गाईजात्रा, हिले जात्रा, रोपाइँ जात्रा, कृष्णजन्माष्टमीको जात्रा लगायतका विभिन्न जात्राहरु मनाउने चलन रहिआएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web