धादिङ,भाद्र १३
धादिङको स्वर्णिम बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले आज बुधबार धादिङबेशीस्थित शान्तबजारमा स्वर्णिम मिट मार्ट उद्घाटन गरिएको छ। उपभोक्ताहरुको हितलाई मध्यनजर गर्दै सस्तो र सर्वसुलभ मुल्यमा गुणस्तरीय सेवा प्रदान गर्न हेतु सहकारीले उक्त मिट मार्ट संचालनमा ल्याएको हो ।
एसी जडित बन्द कोठाबाट संचालन भएको मिट मार्टमा सफा र ताजा मासु पाईने स्वर्णिम बहुउदेश्यीय सहकारी संस्था लि।का अध्यक्ष अशोक कुमार बस्नेतले जानकारी दिनुभयो । आज देखि संचालन भएको मिट मार्टमा खसीको मासु प्रतिकेजी रु ११५० र बोईलर कुखुराको मासु प्रतिकेजी रु ३६० कायम गरिएको छ ।
नीलकण्ठ नगरपालिका वडा न ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठद्धारा उद्घाटन गरिएको स्वर्णिम मिट मार्टको उद्घाटन सत्रमा सस्थाका शेयर सदस्यहरु,धादिङ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष रुद्ध बहादुर खत्रि,धादिङ चेम्बर्स अफ कमर्सका अध्यक्ष गोविन्द कुमार श्रेष्ठ, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, धादिङ प्रमुख लगाएत संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
स्वर्णिम मिट मार्टको आजको दररेटः
१, खसीको मासु प्रतिकेजी रु ११५०।–
२, खसीको खुट्टा रु १००।–
३, खसीको भुटन रु ४००।–
४, खसीको टाउको रु ६५०।–
५, ब्रोईलर कुखुराको मासु रु ३६०।–
६, ब्रोईलर कुखुराको खुट्टा,टाउको रु १००।–
७, ब्रोईलर कुखुराको कलेजो पाङ्गा रु ३६०।–
८, ब्रोईलर कुखुराको पखेटा रु ३६०।–
९, ब्रोईलर कुखुराको लेग पिस रु ४००।–
१०, ब्रोईलर कुखुराको बोन लेस रु ४५०।–
source:dhadingsanchar