तामाङ पत्रकार संघ धादिङको अध्यक्षमा नीर तामाङ सर्बसम्मत,११ सदस्यिय नयाँ समिति गठन


  • दिव्यदर्शन
  • बुधबार, भाद्र ६ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ
तामाङ पत्रकार संघ धादिङको बिशेष अधिबेशन सम्पन्न भएको छ ।अधिबेशनले निर तामाङको अध्यक्षतामा ११ सदस्यिय नयाँ समिति गठन गरेको छ ।

त्यस्तै कार्यसमितिको उपाध्यक्षमा मनिश तामाङ, महिला उपाध्यक्षमा ज्याम्हेन्दो तामाङ,सचिवमा वीरमान तामाङ,सह–सचिवमा सुशान्त तामाङ,कोषाध्यक्षमा युनिश तामाङ रहेका छन् । त्यसैगरी सदस्यहरुमा संगिता तामाङ,कमल तामाङ,याकुव तामाङ,शर्मिला तामाङ र सम्झना तामाङ रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष नीर तामाङले आफु निर्वाचित भएपछि तामाङ समुदायको हक अधिकार र सुनिश्चितताको लागी प्रतिवद्ध भएर लाग्ने बताउनु भएको छ । तामाङ पत्रकार संघ धादिङको अधिबेशन कार्यवहाक अध्यक्ष मनिश तामाङको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ धादिङका सभापती राजाराम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web