बिचौलिया रोक्न वैदेशिक रोजगार विभागले परिचयपत्र अनिवार्य गर्‍यो


  • दिव्यदर्शन
  • सोमबार, भाद्र ४ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाण्डौ
ताहाचलमा रहेको वैदेशिक रोजगार विभागको कार्यालय जाँदा अनिवार्य रूपमा आफ्नो परिचय खुल्ने कागजात साथमा लानुपर्ने ब्यवस्था गरिएको छ ।

विभागभित्र अनधिकृत व्यक्तिहरू प्रवेश गरी भिडभाड गर्दा सेवा प्रवाहमा समस्या भएको भन्दै विभागले अब परिचय पत्र अनिवार्य गरेको जनाएको छ ।

सेवा प्रवाहमा सहजीकरण तथा अन्य कामको सिलसिलामा विभागको प्रशासनिक भवनभित्र प्रवेश गर्दा म्यानपावरका सञ्चालक वा प्रतिनिधिले अनिवार्य रूपमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले जारी गरेको परिचयपत्र लगाउन पर्ने छ ।

यस्तै अरू व्यक्तिहरूले भने आफ्नो परिचय खुल्ने कागजात देखाउन पर्ने विभागले सूचना जारी गरेको छ ।

काठमाण्डौको बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभागको कार्यालय गएको असारदेखि ताहाचलमा सरेको छ ।

पछिल्लो समय विभागको भवनमा अनावश्यक व्यक्तिहरू प्रवेश गरी सेवा प्रवाहमा समस्या भएको भन्दै विभागले यस्तो नियम लगाएको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web