कक्षा १२ को नतिजा सार्वजनिक,यसरी हेर्न सकिन्छ नतिजा


  • दिव्यदर्शन
  • मंगलबार, साउन ३० २०८०
  • पढ्न लाग्ने समय 2 मिनेट

काठमाण्डौ
कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।
यस वर्ष जीपीए ३ दशमलव ६१ देखि ४ ल्याउने विद्यार्थीको सङ्ख्या छ हजार नौ सय ७६ जना रहेको छ । यस्तै ३८ हजार नौ सय ९९ जनाले जीपीए ३ दशमलव २१ देखि ३ दशमलव ६० सम्म ल्याएका छन् । यस्तै ६९ हजार एक सय ७४ जनाले जीपीए २ दशमलव ८१ देखि ३ दशमलव २०, ६३ हजार ७७ जनाले जीपीए २ दशमलव ४१ देखि २ दशमलव ८० ल्याएका छन् । यस्तै ११ हजार चार सय ३८ जनाले जीपीए २ दशमलव ०१ देखि २ दशमलव ४० र ४७ जनाले जीपीए १ दशमलव ६१ देखि २ सम्म ल्याएका छन् । यो वर्ष एक लाख ८२ हजार परीक्षार्थी ननग्रेडेड भएका छन् ।यस वर्ष ५० दशमलव ९१ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले अघिल्लो वर्षदेखि प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गरेमात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था रहेको छ । जसअनुसार यस वर्ष ४९ दशमलव ०९ प्रतिशत विद्यार्थी ननग्रेडेड अर्थात् फेल भएका हुन् ।यसैबीच राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा ननग्रेड ल्याउने विद्यार्थीका लागि असोज ६ र ७ गते ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ । दुई विषयसम्म ननग्रेड ल्याएका एक लाख २३ हजार तीन सय ९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने बोर्डका परीक्षा नियन्त्रक दुर्गा अर्यालले जानकारी दिनुभयो । एउटा विषयमा मात्र ननग्रेड आउनेको सङ्ख्या ७९ हजार पाँच सय ८४ जना छ । कक्षा १२ को परीक्षामा सबैभन्दा धेरै अङ्ग्रेजीमा एक लाख नौ हजार पाँच सय २७ जना ननग्रेडेड भएका छन् । नतिजामा चित्त नबुझेमा १५ दिनभित्र प्रतिविषय पाँच सय रुपैयाँ तिरेर नतिजा पुनर्योग गराउन सक्ने बोर्डले जनाएको छ ।

यसरी हेर्न सकिन्छ नतिजा:

कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइट र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरिएको छ । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.npमा गएर हेर्न सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि लभद लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।

source:ujyaloonline

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web