धादिङ,साउन २९
धादिङमा डेङ्गी संक्रमणदर बढ्दो क्रममा नै रहेको छ। पछिल्लो २४ घण्टामा ४३ जना पुरुष र ३७ जना महिला गरी थप ८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ७६ जना, ज्वालामुखीका २ जना, सिद्धलेकका १ जना र गजुरीका १ जना रहेका छन्।
साउन १ यता जिल्लामा संक्रमित हुनेको संख्या १ हजार ५३२ पुगेको छ।जसमा पुरुष ७८७, महिला ७४५ जना छन्। हालसम्मको कुल संक्रमितमध्ये १ हजार ३३७ जना निलकण्ठका मात्रै छन् ।
साउन महिनासँगै भदौ र असोजमा डेङ्गीको सङ्क्रमण अझै बढ्न सक्ने अनुमान छ।