धादिङ, साउन २७
धादिङबेसीमा पुस्तक तथा स्टेशनरी ब्यवसायी संघ धादिङको १७ औ बार्षिक साधारण सभा तथा आठौ अधिबेशन सम्पन्न भएको छ । अधिबेशनमा कृष्ण प्रसाद रिमालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
नव समितिको प्रथम उपाध्यक्षमा रस्मिता अधिकारी, द्धितिय उपाध्यक्षमा दान बहादुर श्रेष्ठ , सचिवमा राम प्रसाद रुपाखेती,सह– सचिवमा विष्णु खनाल, कोषाध्यक्षमा रविन्द्र रिजाल रहेका छन् । सदस्यहरुमा सरिता रुपाखेती, धुव्रराज ईटनी, राजेन्द्र रानामगर,अनिश श्रेष्ठ, सन्तोष दुवाडी, रोस्मित अधिकारी, कल्पना अर्याल र राजेन्द्र मिश्र रहेका छन् ।
साधारणसभाकै अवसरमा बिनोद कडेलको संयोकजत्वमा ३ सदस्यीय लेखा समिति पनि चयन गरीएको छ । जसको सदस्यहरुमा नविन श्रेष्ठ र रामप्रसाद रिजाल चयन भएका छन् ।
साधारण सभा तथा अधिबेशन संघका निवर्तमान अध्यक्ष पन्चकुमार श्रेष्ठको अध्यक्षता तथा संघका बागमती प्रदेशका अध्यक्ष नारायणकुमार श्रेष्ठको प्रमुख आतिथ्यता र संघका बागमती प्रदेशका सल्लाहकार सदस्य तुलसी प्रसाद अधिकारीको बिशेष आतिथ्यता रहेको थियो ।
source:dhadingsanchar