धादिङ, साउन २६
धादिङको धुनीबेशी नगरपालिकामा ६० दिने गलैंचा बुन्ने तालिम सम्पन्न भएको छ ।
लघु उद्धम शाखा धुनिबेशी नगरपालिकाको आयोजनामा कालिदेबिथानका २० जनाले सो तालिम लिनु भएको थियो ।
समयलाई सदुपयोग गर्दै सीप सिकेर दैनिक आय आर्जन गर्न सक्ने बनाउने उद्धेश्यले सो तालिमको आयोजना गरिएको नगरपालिकाका प्रवत्ता एबम् वडा नं. ६ का वडाध्यक्ष रमेश आचार्यको भनाई छ ।आज शुक्रबार एक समारोहका बिच तालिम समापन पश्चात् बिक्री गरिएको गलैचाबाट प्राप्त रकम रु २०,००० सोही समुहलाई हस्तान्तरण गरेको छ ।