धादिङ ।
बिध्यालय शिक्षा सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको बिधेयक २०८० मा रहेको कम्पनी मार्फत संचालित बिधालयहरुलाई ५ बर्षभित्र गुठिमा रुपान्तरण र दायित्व फरफारको बिषयलाई लिएर प्याप्सन र नेशनल प्याप्सनद्वारा प्रेस बिज्ञप्ति जारी गर्दै धादिङ्मा पत्रकार सम्मेलन गरी बिरोध जनाएका छन् ।प्याब्सन र एनप्याब्सनले धादिङबेशीमा सयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै विद्यालय शिक्षा ऐनको मस्यौदा सच्याउन माग गर्दै बिरोधमा उत्रिएका हुन् ।साथै धादिङमा निजी शिक्षालय सञ्चालकहरूले साउन २८ गतेबाट अनिश्चितकालीन विद्यालय बन्द घोषणा गरेका छन् ।
निजी शिक्षालय सञ्चालकहरूले बिद्यालय बन्द देखि सार्वजनिक स्थलमा विद्यालयका सवारी साधन पार्किङ गरिदिने सम्मको चेतावनी दिएका छन् ।
प्याब्सन र एनप्याब्सनले विद्यालय बन्द गर्दा पनि सुनुवाई नभए भदौ १ गतेबाट विद्यालयका सवारी साधनहरू सरकारी सवारी साधन पार्किङ गर्ने सार्वजनिक स्थलमा पार्किङ गर्ने घोषणा पनि गरेका छन् ।
निजी शिक्षालय सञ्चालकहरूले मुख्य गरी मस्यौदाको दफा ४ उल्लेख भएको निजी विद्यालयको स्थापना र सञ्चालनसम्बन्धी दफाको उपदफा ९३० मा प्रचलित कम्पनी कानुनबमोजिम स्थापना भई सञ्चालनमा रहेका संण स्थागत विद्यालय यो ऐन प्रारम्भ भएको मितिले पाँच वर्षभित्र शैक्षिक गुठीको रूपमा रूपान्तरण गरी सञ्चालन गर्नुपर्ने बुँदा हटाएर हालकै अवस्थाको हुनुपर्ने माग अघि सारेका छन् ।साउन २४ गते जिल्ला मातहतका सबै निकायहरुमा ध्यानाकर्षण पत्रसमेत बुझाईसकेका छन्।