होराइजनखबर डटकमको दोस्रो बार्षिक उत्सव तथा साधारण सभा सम्पन्न


  • दिव्यदर्शन
  • शुक्रबार, साउन १९ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ,साउन १९
होराइजनखबर डटकम अनलाइन पोर्टलकोे दोस्रो बार्षिक उत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।

पूर्णिमा इन्कर्पोरेट प्रा.लि.द्वारा सञ्चालित अनलाइन सञ्चार माध्यम होराइजन खबरले आफ्नो दोस्रो वार्षिक उत्सवको अबसरमा शुक्रवार एक भव्य कार्यक्रमको आयोजना गरि संस्थाका संचालक तथा अध्यक्ष राजेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा निलकण्ठ नगर पालिकाको उपप्रमुख दिपक विश्वकर्म हुनुभएको थियो भने विशेष अतिथिको रूपमा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा रुबिभ्याली गाउपालिकाका उपाध्यक्ष फेलामा तामाङ र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङका सभापति दुर्लभ कुमार तामाङ रहनु भएको थियो ।समाजमा घटेका घटनाहरुलाई सत्य निष्पक्ष ताजा समाचारको रूपमा प्रस्तुत गरेर जनतालाई सुशूचित गर्ने उद्देश्ले संस्थाको स्थापना गरिएको संस्थाका अध्यक्ष गुरुङले बताउनुभयो ।कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि विश्वकर्माले सफा र समृद्ध मुलुक बनाउनको लागि सञ्चार माध्यमको ठूलो हात भएको बताउनुभयो । उहाँले एक पत्रकारले कहिले पनि कुनै पार्टिको आवाज बोल्नु नहुने र सधै निष्पक्ष रुपमा अगाडी बढ्नुपर्ने बताउनुभयो । उहाले विभिन्न क्षेत्रमा भित्र भित्र लुकेर रहेको विषयलाई सञ्चार माध्यमले वाहिर ल्याउनु पर्ने र न्यायको लागि सधै तत्पर रहनुपर्ने बताउनुभयो ।यस्तै रुवीभ्याली गाउपालिकाको उपाध्यक्ष फेलामा तामाङले हरुलाई सत्य र निष्पक्ष ताजा समाचार हरु प्रस्तारण गर्नका लागि आग्रह गर्नुभयो । उहाले रुबीभ्याली गाउपालिका नुन देखि सुनसम्मका तत्वहरु पाईनुका साथै यो क्षेत्र एक पर्यटकिय क्षेत्र भएको कुरालाई सामुदायिक रेडियो रेडियो बिहानी र होराइजन खबरले महत्त्वपूर्ण भुमिका खेलेको स्मरण गर्नुभयो ।उपाध्यक्ष लामाले संमृद्ध रुबिभ्याली निर्माण गर्न सम्पूर्ण संञ्चार माध्यमले यस क्षेत्रको महत्व दिनको लागि आग्रह गर्नुभयो ।कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि,तामाङ पत्रकार संघका केन्द्रिय सदस्य बिमल तामाङ,फोनिज धादिङका अध्यक्ष अर्जुन श्रेष्ठ,लगायत विभिन्न संचार माध्यमका प्रमुख तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमकै अवसर पारी अतिथि तथा विशेषअतिथिहरु लगायत संस्थाका कर्मचारीलाई सम्मान पत्र द्धारा सम्पन्न गरिएको थियो ।

source:radiobihani.org

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web