नेत्रावती र नीलकण्ठ जोड्ने पक्कि पुल सञ्चालनमा,खोला तर्ने समस्याबाट मुक्त


  • दिव्यदर्शन
  • बुधबार, साउन १७ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ, साउन १७
धादिङको नेत्रावती डबजोङ गाउँपालिका र नीलकण्ठ नगरपालिका जोड्ने भर्‍याङभुरुङ खोलाको पक्कि पुल सञ्चालनमा आएको छ ।


बिगत ६ बर्षदेखि बन्न सुरु भएको सो पुल हालका जनप्रतिनिधीहरुको बिशेष पहलले छिटो काम गर्न थालेपश्चात धेरै समयको पर्खाइपछि मात्र सो पक्कि मोटरेबल पुल सञ्चालन आएको नेत्रावती डबजोङ गाउँपालिकाका सुचना अधिकारी कृष्ण बद्रि पौडेलले दिब्यदर्शन टेलिभिजनलाई जानकारी दिनुभयो । सो पुल सञ्चालनपछि नेत्रावती डबजोङ गाउँपालिका,नुवाँकोटको मेघाङ गाउँपालिका लगायत साङकोष तिप्लिङ सडकखण्ड अबरुद्ध हुँदा खनियाबास र रुबिभ्याली गाउँपालिकाका जनतालाई समेत आवातजावतमा सहज भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web