धादिङ,साउन १५
धादिङमा आज थप ६४ जनामा डेंगु संक्रमण भएको छ । आज पुष्टि हुनेहरुमा नीलकण्ठ नगरपालिकाका ५८ जना, सिद्धलेकका १ जना, ज्वालामुखीका ३ जना र खनियाबासका २ जना गरी ६४ जनामा संक्रमित देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।स्वास्थ्य कार्यालय धादिङका अनुसार १५ दिनको अवधिमा धादिङका ५६५ जना डेंगु संक्रमित भइसकेका छन् । जसमा ३०५ जना पुरुष र २६० जना महिला रहेका छन् ।डेंगु संक्रमणको जोखिमको बढ्दै गएपछि सरोकारवाला निकायहरुले लामखुट्टेको टोकाइबाट जोगिनको लागि झुल टाँगेर सुत्न, लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गर्दै आएको छ ।