धादिङ, साउन १३
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङले नव निर्वाचित केन्द्रिय पदाधिकारी एवंम सदस्यहरुलाई बधाई तथा सम्मान गरिएको छ ।
आज शनिबार जिल्ला सदरमुकाम धादिङवेशी स्थित शाखाको आफ्नै भवनमा एक कार्यक्रमको आयोजना गरि नव निर्वाचित केन्द्रिय पदाधिकारी एवंम सदस्यहरुलाई सम्मान गरिएको हो ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङका सभापति दुर्लभ कुमार तामाङले आफनो मन्तब्य राख्नुहुदै केन्द्रिय समितिमा निर्वाचित हुनुुहुने सबै पदाधिकारी एवंम सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामनाका साथै धादिङ जिल्लाबाट पनि केन्द्रिय सदस्यमा प्रतिनिधी पुगेकोमा खुशी व्यक्त गर्नुभयो ।उहाँले रेडक्रसको विधी विधानको अवलम्बन गर्ने,नवीकरण गर्ने,रेडक्रस ऐनको तर्जुमा गर्ने जस्ता मुख्य कुराहरुमा केन्द्रिय समितिको ध्यान जान जरुरी रहेको बताउनुभयो । राजनैतिक प्रतिशोधको आभास विगतका पात्रहरुबाट आएका हुनाले अवको कार्यसमितीबाट त्यस किमिमको व्यवहार ७७ वटै जिल्लाले अपेक्षा नगरेको स्पष्ट पार्नुभयो ।नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाले जिल्लाभर २९ वटा उपशाखा,नियमित रक्त संञ्चार सेवा,२ जना ल्याव टेक्निसियन,कार्यलयमा ३ जना कर्मचारी लगायत बार्षिक रुपमा करिब १५ सय जनाको रगत संकलन गरि प्राकृतिक तथा मानव निर्मित घटनाहरुमा मानवसेवा गर्दै आईरहेको सभापति तामाङले बताउनुभयो ।नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङका सभापति दुर्लभ कुमार तामाङको अध्यक्षता केन्द्रिय समिति अध्यक्ष प्रा.सुदर्शसन प्रसाद नेपालको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको कार्यक्रममा केन्द्रिय पदाधिकारीहरु,सदस्यहरु,विभिन्न जिल्लाका सभापति तथा प्रतिनिधीहरु,पत्रकार लगायल धादिङ शाखाका कार्यसमिति सदस्यहरुको सहभागीता रहेको थियो ।
source:radiobihani