नेत्रावतीको वाका राहा क्षेत्रमा गुराँस र पैंयु रोपण,डवजोङ दरबारसम्म पुर्‍याउने लक्ष्य


  • दिव्यदर्शन
  • शनिबार, साउन १३ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ, साउन १३
धादिङको नेत्रावती डब्जोङ गाउँपालिका वडा नं. ३ मा पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल वाका राहा क्षेत्रमा वृक्षारोपण गरिएको छ ।


हेराह ताल वा वाका राहा क्षेत्रमा लाली गुराँस र पैंयुको करिब ५०० विरुवा रोपिएको वडा नं. ३ का वडाध्यक्ष सुरेश वाइबाले जानकारी दिनुभयो । सो बृक्षारोपण कार्यक्रम गैरा टोल विकास समिति,छार वाका राहा युवा क्लव लगायत स्थानिय समितीहरुको आयोजनामा गरिएको जनाईएको छ ।
अबका दिनमा यस्ता बृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिदै पर्यटकीय र ऐतिहासिक सम्पदाले भरिपुर्ण वाका राहा क्षेत्रबाट ऐतिहासिक डवजोङ दरबारसम्म पुर्‍याउने लक्ष्य राखिएको वडाध्यक्ष वाइबा तामाङले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web