धादिङमा वडा अध्यक्ष जिल्ला स्तरीय पुरुष युगल खुल्ला ब्याडमिण्टन प्रतियोगिता सुरु


  • दिव्यदर्शन
  • शुक्रबार, साउन १२ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ,साउन १२
आजबाट धादिङबेसीमा अवस्थित कभर्ड हलमा वडा अध्यक्ष जिल्ला स्तरीय पुरुष युगल खुल्ला ब्याडमिण्टन प्रतियोगिता सुरु हुँदै छ ।

धादिङ जिल्ला ब्याडमिण्टन संघ नीलकण्ठ ३ को आयोजनामा दुई दिन चल्ने यस प्रतियोगितामा जिल्लाका ६० टिमले भाग लिने छन् । प्रतियोगिता आज शुक्रबार बिहानबाट ८ बजेबाट सुरु भएको छ ।
प्रतियोगितामा ‘ए’ लेभल र ‘बी’ लेभलका खेलहरु हुने छन् । ए लेभलको खेलको विजेताले २५ हजार उपविजेताले १२ हजार र सान्तोना दुई टिमले ६(६ हजार पाउने छन् भने बी लेभलको खेलको विजेताले २० हजार उपविजेताले १० हजार र सान्तोनाले ५(५ हजार पाउने छन् ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web