रास्वपाको कार्यकर्ता प्रशिक्षण साउन र भदौमा सकिने


  • दिव्यदर्शन
  • बिहिबार, साउन ११ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ
राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यकर्ता प्रशिक्षण कार्यक्रम साउन र भदौ महिनामा तय गरेको छ । लुम्बिनी, कोशी, गण्डकी र सुदूर पश्चिम प्रदेशको प्रशिक्षण साउनमा गरिने भएको छ । बाँकी तिन प्रदेशको भदौमा गरिने भएको छ ।रास्वपाले कोशी र लुम्बिनी प्रदेशको प्रशिक्षण सकिसकेको छ । गण्डकी प्रदेशको प्रशिक्षण साउन २६ र २७ पोखरामा हुने तय भएको छ भने सुदूरपश्चिमको प्रशिक्षण धनगढीमा साउन १९ र २० का लागि तोकिएको छ ।

त्यस्तै साउन १२ र १३ गते हेटौडामा गर्ने भनिएको प्रशिक्षणको मिति स्थगित गरिएको छ । बागमती सहित मधेस र कर्णालीको प्रशिक्षण भदौमा गरिने गरि पुन मिति तय हुने प्रशिक्षण विभागका सचिव कमल सुवेदीले जानकारी दिनुभएको छ ।
पहिले निर्धारित समय अनुसार भदौ १ र २ मधेस र भदौ ८ र ९ कर्णालीको प्रशिक्षण गर्ने तय भएको थियो । तिन प्रदेशको प्रशिक्षण भदौमा गर्ने गरि अर्को मिति सार्वजनिक गरिने सुवेदीले जानकारी दिनुभयो ।
प्रशिक्षणमा सहभागी हुनेहरुमा प्रदेश कमिटीका सदस्य, निर्वाचन क्षेत्र समिति, पालिकाका पार्टी अध्यक्ष, सम्बन्धित क्षेत्रको सांसद, केन्द्रीय सदस्य लगायत सहभागी हुनेछन् ।

११ जनाको प्रशिक्षकको टोलीमा प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रममा सभापति रवि लामिछाने सहित शीर्ष नेताले प्रशिक्षण दिनेछन् ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web