एनएमबी बैंक लुटपाटमा संलग्न एक भारतीय युवक पक्राउ


  • दिव्यदर्शन
  • बिहिबार, साउन ११ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

महोत्तरी
एनएमबी बैंकमा भएको लुटपाटको घटनामा संलग्न रहेको आरोपमा एक भारतीय युवक पक्राउ गरेको छ।

महोत्तरी गाउँपालिका–२ मा रहेको बैकमा गएको जेठ १६ गते एनएमबी बैंकबाट १६ लाख रुपैयाँ लुटपाट भएको घटनामा संलग्न रहेको आरोपमा भारत विहार मधुबनीका २० वर्षीय अजयकुमार साफीलाई प्रहरीले पक्राउ गरेको हो ।
चार पाँच जनाको समूहले बैंकका कर्मचारी तथा सेवाग्राही समेतलाई कब्जामा लिएर रकम लुटपाट गरेको थियो । साफीलाई बुधवार बेलुका मटिहानी नगरपालिका–८ नेपाल भारत सीमा नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web