क्यान्योनिङ गर्ने क्रममा लडेर एक युवतीको मृत्यु


  • दिव्यदर्शन
  • बिहिबार, साउन ११ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

कास्की,साउन ११
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ९ घलेलमा क्यान्योनिङ गर्ने क्रममा लडेर एक युवतीको मृत्यु भएको छ ।

बुधवार क्यान्योनिङ गर्ने क्रममा लडेर पोखरा २६ बुढीबजारकी २२ वर्षीया अन्जिता भण्डारीको ज्यान गएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिनुभयो । क्यान्योनिङ गर्ने क्रममा घाइते भएकी उहाँको पोखराको मणिपाल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web