सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ,पक्राउ पर्नेको सङ्ख्या १७ जना पुग्यो


  • दिव्यदर्शन
  • बुधबार, साउन १० २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाण्डौ
एक सय किलो भन्दा बढि सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले सुन व्यवस्थापनका लागि गोदाम खोजिदिने नरेश भनेर चिनिने सुरेन्द्र तामाङलाई पक्राउ गरेको छ ।

विभागले आज बुधवार तामाङलाई पक्राउ गरेको हो । विभागले अहिले उनको सम्पर्कबारे अनुसन्धान गरिरहेको छ । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १७ जना पुगेको छ ।
त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर यही साउन २ गते एक क्विन्टल सुन बाहिरिएको थियो । विशेष सूचनाका आधारमा राजस्व अनुसन्धान विभागको टोलीले सुन बरामद गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web