एनआरएनए NCC-USA को यहि जुलाई २२ मा सम्पन्न निर्वाचनबाट २०२३–२०२५ को कार्यकालका धादिङका सेल्बा तामाङ,गैरआवसीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद अमेरिकाको सदस्य पदमा सर्वाधिक भारी मतका साथ निर्वाचित भएका छन। धादिङ निवासी सेल्बा तामाङ विगत लामो समय देखि अमेरिकामा बसोबास रहेका सेल्बा विभिन्न सामाजिक संस्थाहरु मार्फत समाज सेवामा समर्पित युवा हुन् ।उहाँले अब एनआरएनए अमेरिका मार्फत समाजिक काममा लागि पर्ने, बताउनुभयो । साथै सदस्य पदमा निर्वाचित गराउन भुमिका खेल्ने सबैलाई धन्यवाद दिनु भएको छ ।