
धादिङ
धादिङबेसीमा डेंङगीका विरामी बढेसंगै अस्पतालबाट सेवा प्रवाहमा कठिनाइ आउने भएपछि मंगलबार आकस्मिक बैठक बसेको छ । प्रजिअ बद्रिनाथ गैह्रेको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले तल उल्लेख भए बमोजिम निर्णय गरेको छ ।

१. समुदायस्तरमा जनचेतनालाई प्रभावकारी रुपमा अगाडी बढाउने, डेगुको वासस्थान खोज र नष्ट गर अभियानलाई निरन्तरता दिने, जसको लागि टोल विकास महासंघ, टोल विकास संस्था र स्थानिय समुदायलाई सक्रिय सहभागी गराउने ।
२. धादिङ अस्पतालमा विरामी भर्नाको लागि ठाउँ / वेड थप गर्न नसकिने र जनशक्ति अभावलाई पूर्ति गर्नको लागि स्थानिय सरकार, प्रदेश सरकार र संघीय सरकारसँग अनुरोध गर्ने ।
३. अस्पतालमा Fever Clinic, Help Desk संचालन गर्ने, National guidelines अनुसार विरामी भर्ना, Discharge गर्ने र सोका लागि स्वास्थ्यकमी मार्फत Counselling गर्ने, आवश्यक जनशक्तिको लागि नेपाल रेडक्रस सोसाइटी, नीलकण्ठ नगरपालिका, Social Volunteer Nepal लाई सहयोगको लागि अनुरोध गर्ने ।
४. विरामी व्यवस्थापन गर्नको लागि आवश्यक डेगु किट र औषधिहरुको व्यवस्थापन गर्नका लागि नीलकण्ठ नगरपालिका, स्वास्थ्य कार्यालय, प्रदेश आपूर्ती र EDCD लाई अनुरोध गर्ने ।
५. लामखुट्टेको वासस्थान खोज र नष्ट गर अभियानलाई निरन्तरता दिँदै Fogging गर्ने र सोको व्यवस्थापनको लागि नीलकण्ठ नगरपालिकालाई अनुरोध गर्ने निर्णय गरियो ।
