धादिङ,साउन ९
धादिङ लगायत देशका बिभिन्न ठाँउमा रातिदेखि लगातार बर्षा हुँदा बाढी पहिरोको जोखिम बढेको छ । रातिदेखि परेको पानीले बिबिध क्षेत्रमा रहेका साना नदीसँगै नदीका सहायक नदी र ठुला नदीहरुमा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको हो । नदीमा बाढीको जोखिम रहेकाले तटीय क्षेत्रमा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
यस्तै, अहिले आंशिकदेखि सामान्य बदली रहेर बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै ठाउँमा पानी परिरहेको छ । आज दिउँसो देशभर बदली भएर गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तथा बाँकी भू–भागका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी, मधेस, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा लामो समय झरी पर्ने सम्भावना रहेकोले सावधानी अपनाउन महाशाखाको अनुरोध छ ।