काठमाण्डौमा १ सय १ वटा औषधि पसलको अनुगमन, १० वटा औषधि पसल सिल


  • दिव्यदर्शन
  • मंगलबार, साउन ९ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाण्डौ,साउन ९
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार एकैदिन काठमाण्डौ उपत्यकामा एक सय एकवटा औषधि पसलको अनुगमन गरेको छ ।
अनुगमन टोलीले काठमाण्डौ उपत्यकामा नियम विपरीत सञ्चालित १० वटा औषधि पसल सिल गरेको छ भने दुई दर्जनभन्दा बढीलाई सचेत पत्र दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको निर्देशनानुसार मन्त्रालयले २० वटा टोली बनाएर हिजो उपत्यकाका विभिन्न क्षेत्रमा अनुगमन गरेको हो । फर्मासिस्टको प्रमाणपत्र भाडामा लिएर अर्कै व्यक्तिलाई कर्मचारी खटाएको, औषधि व्यवस्था विभागले तोकेको मापदण्ड पूरा नगरेको र अनुमति नलिइ औषधि पसल सञ्चालन गरेको गुनासो आएपछि मन्त्री बस्नेतले देशभर अनुगमन गर्न औषधि व्यवस्था विभागलाई निर्देशन दिनुभएको थियो ।

मन्त्री बस्नेत स्वयं अनुगमनमा निस्किनुभएको थियो । अनुगमन टोलीमा औषधि व्यवस्था विभाग, मन्त्रालय र स्वास्थ्य सेवा विभागका विज्ञ कर्मचारी थिए । अनुगमन टोलीले हिजो बेलुका मन्त्री बस्नेतसमक्ष अनुगमन र औषधि पसल सञ्चालनको अवस्थाका विषयमा जानकारी गरायो । अनुगमन टोलीका संयोजकहरूका अनुसार फरक व्यक्तिको फर्मासिस्टको प्रमाणपत्र राखेर औषधि पसल सञ्चालन गर्नेको सङ्ख्या उल्लेख्य छ ।

अनुगमनका क्रममा बिक्री वितरण गर्न अनुमति नलिइ ‘न्युटास्युटिकल’ सामग्री बिक्री वितरण गर्ने, म्याद गुज्रिएका औषधिको भण्डार अलग नराख्ने, दर्ता नभएका र सरसफाइमा ध्यान नदिएका औषधि पसल भेटिएका थिए । अनुगमनमा संलग्न डा हेमन्त ओझाले आफूहरूले निरीक्षणका क्रममा दर्ता नगरि सञ्चालनमा रहेका औषधि पसल सिल गरेको बताउनुभयो । ुगोकर्णेश्वरमा दर्ता नै नगरिएका औषधि पसल फेला परेपछि दुईवटा सिल नै गरिएको छु, अर्का टोलीका संयोजक सागर दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web