धादिङ ८ श्रावण
धादिङको थाक्रे गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई नागरिक,सामाजिक तथा राजनीतिज्ञहरुले ध्यानाकर्षण पत्र बुझाएका छन्।
थाक्रेमा श्रावण ३ गते बाट प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा तालाबन्दी भए पछि थाक्रे बासीहरुले सेवा लिनबाट बन्चित हुनु परेको भन्दै नागरिक र सामाजिक तथा राजनीतिज्ञहरुले सोमबार पालिकाका अध्यक्ष राम कुमार आचार्य र उपाध्यक्ष यन्त्र बहादुर थापालाई ध्यानाकर्षण पत्र बुझाएका हुन।
पालिकामा बिभिन्न समस्याहरु आइरहने पटक पटक तादाबन्दी भई नागरिकले निर्वाध रुपमा प्राप्त गर्न पाउनु पर्ने सेवा अबरुद्ध भएको, पालिकाको सेवा प्रवाह र अनियमितताका सवालमा आमरुपमा उठदै आएका जनगुनासोको साम्बोधन तथा सुशासन कायम गर्न जनतासामु छर्लङ्ग गनुपर्ने,पालिकाले सम्पादन गरिरहेका आर्थिक कार्यक्रम, नीतिगत निर्णय,बेरुजुका परिणम,निर्णय प्रकृया,योजना कार्यान्वयनमा रहेका अपारदर्शिता, उपभोक्ता समिति मार्फत गरिने कामको कार्यशैली लागाएतको विषयमा नागरिकहरु बाट गम्भीर प्रश्न उठिरहेको लगाएत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।
नागरिक,सामाजिक तथा राजनीतिज्ञरु नेत्रराज पौडेल,गोकर्ण रुपाखेती, कृष्ण पन्त लगायत अन्य नागरिकहरुको हस्ताक्षर सहितको ध्यानाकर्षण पत्र बुझाएका हुन्।