
धादिङ । ७ साउन
रास्वपाका उपसभापति तथा संघिय सांसद माननीय डोल प्रसाद अर्यालले धादिङबेशी सदरमुकामका केही सरकारी कार्यालयहरुको अनुगमन गर्नुभएको छ ।
आज आाइतबार काम बिशेषले गृहजिल्ला आउनुभएका माननीय अर्यालले नेपाल बिद्युत प्राधिकरण धादिङ बितरण केन्द्र, मालपोत कार्यालय,खानेपानी तथा स्सफाई डिभिजन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रादेशिक सडक डिभिजन कार्यालय र जिल्ला अस्पतालको अनुगमन तथा कार्यालय प्रमुखहरुसँग समसामयिक बिषयबस्तु, सम्बन्धित कार्यालयबाट प्रवाह हुने सेवा जनताका समस्या तथा त्यस कार्यालयमा भएका समस्याहरुबारे छलफल अन्तरक्रिया गर्नुभएको थियो ।छलफलका क्रममा जनताका गुनासा र समस्याहरु समाधान गर्न हरसम्भब प्रयास गर्ने कार्यालय प्रमुखहरुले प्रतिबद्धता गर्नुभएको छ ।साथै सरकारी कार्यालयबाट जनताले पाउनुपर्ने सेवामा असहज हुने सम्बन्धित कार्यालयहरुमा केही समस्या भए संघिय सांसदको हैसियतले गर्नुपर्ने र गर्न सक्ने कुराहरुमा आफु तयार रहेको माननीय अर्यालले पनि प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । सो क्रममा बिभिन्न सरकारी कार्यालयका प्रमुखहरुले पनि यसरी माननीय ज्यूसँगको भेटघाट र छलफलले थप उर्जा मिलेको बताउनुभयो । भेटघाट तथा अनुगमनमा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला,क्षेत्रिय तथा केन्द्रिय तहका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।