वीपी स्मृति दिवसको अवसरमा बेनीघाट रोराङमा बृक्षारोपण


  • दिव्यदर्शन
  • शनिबार, साउन ६ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ,साउन ६
धादिङको वेनीघाट रोराङ गाउँपालिकामा वृक्षरोपण गरिएको छ ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि संघर्ष गरेका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ४१ औँ स्मृति दिवसको अवसरमा बेनीघाट रोराङ गाउँपालिकाको गौरीशंकर संगम माता तिर्थधाम मन्दिर परिसरमा वृक्षारोपण गरेको नेपाली कांग्रेस वेनीघाट रोराङले जनाएको छ ।

शनिबार एक कार्यक्रमको आयोजना गरि नेपाली कांग्रेस प्रतिनीधि सभा क्षेत्र नम्बर १ को प्रदेशसभा २ ले वृक्षरोपण गरि वीपी स्मृति दिवस मनाएको हो ।

वृक्षारोपण कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रिय सभापति कुमार बहादुर सिंखडा,पूर्व क्षेत्रिय सभापति यमनाथ ढकाल, बागमती प्रदेश प्रतिनीधि सन्तोष पौडेल, धादिङ १ को प्रदेश २ का सभापति विष्णु रुपाखेती, प्रभातकिरण सुवेदी,लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web