मलेखुमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु


  • दिव्यदर्शन
  • शुक्रबार, साउन ५ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ, साउन ५
पृथ्वीराजमार्ग अन्तरगत धादिङको बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ३ मलेखुमा ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
काठमाडौबाट मुग्लिङ तर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८०२९ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०३७ प ७७३१ नम्बरको मोटरसाइकल ठक्कर दिदा मोटरसाइकल चालक विरगञ्जका २५ वर्षिय कृष्ण श्रीवास्तव घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सन्तुलाल जैसवारले जानकारी दिनुभयो ।श्रिवास्तवको मोटरसाईकलमा सवार लमजुङका २० वर्षिया अस्मीता पाठक घाईते भएको प्रहरी नायव उपरिक्षक जैसवारले बताउनुभयो ।
घाईतेको मलेखु टिचिङ अस्पताल मलेखुमा उपचार भईरहेको छ । ठक्कर दिने ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web