नीलकण्ठ बहुमुखी क्याम्पसका बिद्यार्थी तथा शिक्षकद्धारा वृक्षारोपण


  • दिव्यदर्शन
  • शुक्रबार, साउन ५ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ, साउन ५
धादिङको पशुपति मन्दिर प्राङ्गण र नीलकण्ठ बहुमुखी क्याम्पस परिसरमा नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको आयोजनामा युवा रेडक्रसको सहभागी वृद्धिका लागि वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसकी अध्यक्ष शर्मिला अर्यालको नेतृत्वमा सम्पन्न वृक्षारोपणमा नीलकण्ठ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नवराज शर्मा, सहायक क्याम्पस प्रमुख डा।मुरारी अधिकारी, युवा रेडक्रस सर्कलका शिक्षक नायक नवराज सापकोटा, स्वतन्त्र विद्यार्थी युनियनका उपाध्यक्ष उत्तम सिलवाल लगायत युवा रेडक्रस सर्कल पदाधिकारी एवम् सदस्यहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web