धादिङ, साउन ५
गजुरी गाउँपालिकाको गौरी भञ्ज्याङ सामुदायिक वन उपभोक्ता समुह गजुरी ६ आदमघाटको अगुवाइमा विभिन्न जातका ७०० विरुवा रोप्ने कार्यक्रम सम्पन्न भएको छ । गौरी भन्ज्याङ सामुदायिक वन उपभोक्ता समुहको अध्यक्ष विनोद भण्डारी संयोजकमा भएको कार्यक्रममा गजुरी गाउँपालिकाको अध्यक्ष गणेशलाल श्रेष्ठको प्रमुख आतिथ्य र विशेष अतिथीहरु क्रमशः गजुरी गापा उपाध्यक्ष एवम् राष्ट्रिय वन महासंघ नेपालको केन्द्रिय सदस्य शर्मिला विसुराल, ससस्त्र विपद् वेश क्याम्प आदमघाटका बेसपति नायब उपरिक्षक किरण पौडेल, आदमघाट प्रहरी पोष्टका प्रहरी सहायक निरिक्षक विक्रम घलान, आदमघाट खानेपानी समितिका अध्यक्ष गजेन्द्र तामाङ, विवेकशील दलित आदमघाटका अध्यक्ष दुविन्द्र मिजार लगायत स्थानीय वातावरण प्रेमी उपभोक्ता तथा समाजसेवीहरुको उल्लेख्य उपस्थितिमा वृक्षरोपण उत्साहजनक रुपमा सम्पन्न भएको हो । उक्त वृक्षरोपण पश्चात् अबको थप कार्यक्रम संरक्षणका निम्ति तारजाली तथा काँडेतारको घेरा लगाई सचेतनाको निमित्त सुचना बोर्डको पनि व्यवस्था गर्ने गरि कार्यक्रम रहेको बन उपभोक्ता समुहले जनाएको छ ।