धादिङ,साउन ४
जिल्ला प्रशासन कार्यालय धादिङले राष्ट्रिय परिचयपत्र वितरण शुभारम्भ गरेको छ ।
आज एक कार्यक्रमकाबीच बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा जिल्ला प्रशासन कार्यालय धादिङले आ.ब.०७९–८० गरेका प्रगति प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेद्धारा सार्वजनिकीकरण गर्नुभएको थियो ।आज स्थानिय तहका प्रमुख तथा माननीयहरुको सहभागितामा राष्ट्रिय परिचय पत्र वितरणको शुभारम्भ गरेको हो ।धादिङमा राष्ट्रिय परिचय पत्रको लागि विवरण दर्ता गराएकाहरुको केहि परिचय पत्र बनेर आएकोले आफ्नो मोबाईलमा म्यासेज प्राप्त गर्ने सेवाग्राहीले उपस्थिति भई कार्ड लान सक्ने र त्यसमा त्रुटी भेटिएमा पुन केही शुल्क तिरी सम्पूर्ण कागजातसहित आउन प्रमुख जिल्ला अधिकारी गैह्रेले बताउनुभयो ।