धादिङ,साउन ४
धादिङ जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ ।
आज बिहिबार एक कार्यक्रमका बीच बागमती प्रदेश सरकारका मुख्य मन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा जिल्लाका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरेसँगै जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।जिल्लाका सबै स्थानीय तहमा रहेका १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका बमोजिम १५ महिनाभित्र पाउनुपर्ने सबै खोप पाइसकेको सुनिश्चितता सहित पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।धादिङ जिल्ला पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा सभा जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको हो ।कार्यक्रममा बिभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।