धादिङबेसी मलेखु सडक अबरुद्ध,च्याँडोमा पहिरो,खुल्न अझै १–२ घन्टा लाग्ने


  • दिव्यदर्शन
  • बुधबार, साउन ३ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ, साउन ३
धादिङबेसी मलेखु सडक (कालुपाण्डे मार्ग) पहिरोका कारण अबरुद्ध भएको छ । धादिङबेँसी मलेखु सडक खण्डको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ च्याँडु घुम्ती नजिकै पहिरो खस्दा सडक अबरुद्ध भएको हो ।
घुम्ती काटेर सडक चौडा बनाएको ठाउँमा पहिरो खस्दा आज बुधवार दिउँसो १२ः३० बजेदेखि सडकको दुबैतर्फ अवरुद्ध भएको र डोजरले पहिरो पन्छाईरहेको भएपनि ठुला ठुला ढुंङ्गा सहितको पहिरो भएकाले तत्काल पहिरो पन्छाएर सडक खुलाउन स्काभेटरको सहायतामार्फत अहिले सफा गरिरहेको र अझै सडक खुल्न १–२ घन्टा समय लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवारले जानकारी दिनुभयो ।
पहिरो खसेपछि मलेखु धादिङबेसी सडक खण्डमा सवारीसाधनको आवागमन पूर्णरूपले ठप्प भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web