धादिङमा आत्महत्याको घटना बढ्दो,सचेतनामूलक कार्यक्रम गर्न आवश्यक


  • दिव्यदर्शन
  • मंगलबार, साउन २ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ,साउन २
जिल्ला प्रहरी कार्यालय धादिङको पत्रकार भेटघाट तथा आ.व०७९÷०८० को बार्षिक कार्य समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले आ.व.०७९÷०८० मा बिभिन्न शाखाहरुबाट सम्पादित कार्यहरु र तथ्याङक,आ.व.०७८÷०७९ र आ.व.०७९÷०८०मा भएका कार्यहरुको तुलनात्मक बिवरण र बिभिन्न कार्यहरुको फोटोसहितको बिबरण प्रोजेक्टरमार्फत प्रस्तुतीकरण दिनुभएको थियो । प्रस्तुतीकरणको क्रममा आ.व.०७८÷०७९ मा भन्दा आ.व.०७९÷०८०मा तुलनात्मक रुपमा अपराधिक घटना घटेको तर आत्महत्याका केश भने बढेको देखिएको छ । सो क्रममा आत्महत्याका गतिबिधि न्यूनिकरणका लागि बिभिन्न सरोकार निकाय तथा स्थानिय तहले प्रहरीसँगको साझेदारीमा बिभिन्न सचेतनामूलक कार्यक्रम गर्न आवश्यक देखिएको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा धादिङ जिल्लास्थित सवारी दुर्घटना संङख्या कम र बढि टा«फिङ चेकिङका कारण राजस्व संकलन भने गत आ.व.को तुलनामा बढि भएको देखिएको छ ।कार्यक्रममा बिभिन्न पदस्थका प्रहरी कर्मचारी लगायत बिभिन्न संचारमाध्यममा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web