आजदेखि बढ्यो आन्तरिक उडानको हवाई भाडा


  • दिव्यदर्शन
  • सोमबार, साउन १ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाण्डौ । आन्तरिक उडानको हवाई भाडादर आजदेखि वृद्धि भएको छ । नेपाल वायुसेवा सञ्चालक सङ्घले मूल्य अभिवृद्धि कर भाडादरमै जोडिने भएकाले आन्तरिक उडानको हवाई भाडा ६ प्रतिशतसम्म बढ्ने जनाएको हो।

आन्तरिक उडानका वायु सेवा प्रदायक कम्पनीले हवाई भाडादरमा समावेश गरी मूल्य अभिवृद्धि कर उठाउने भएका हुन्। सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा हवाई यातायात सेवालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरेको छ ।

ुसरकारबाट बजेट वक्तव्यमार्फत् अनिवार्य गरेको यो व्यवस्था अनुसार यस सङ्घमा आबद्ध सम्पूर्ण वायुसेवा कम्पनीले आजदेखि लागू हुने गरी हवाई भाडा दरमा नै समावेश गरी मूल्य अभिवृद्धि कर उठाइने बेहोरा जानकारी गराइन्छु, सङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web