एमाले संसदीय विभागमा १३ सदस्य मनोनीत


  • दिव्यदर्शन
  • सोमबार, साउन १ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौं – नेकपा एमालेको संसदीय विभागमा १३ सदस्य मनोनीत भएका छन् ।

विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङको सिफारिसमा शनिबार बसेको सचिवालय बैठकले १३ जनालाई सदस्य मनोनीत गरेको हो ।

लिलानाथ श्रेष्ठ सिराहा, भगवती चौधरी सुनसरी, पदम गिरी पर्वत, विद्या भट्टराई कास्की, ज्वाला साह बारा, ठाकुर गैरे पाल्पा, बलराम अधिकारी कपिलवस्तु र चन्द्रबहादुर विश्वकर्मा पश्चिम रुकुम लाई विभागको सदस्य मनोनीत गरिएको छ ।

यस्तै सुनिता बराल झापा, महेश बर्तौला मकवानपुर, तारा लामा तामाङ कञ्चनपुर, अम्मरबहादुर रायमाझी उदयपुर र किरणकुमार साह रौतहट संसदीय विभाग सदस्य मनोनीत भएका छन् ।

यसअघि यो विभागमा राष्ट्रियसभाका देवेन्द्र दाहाल र भैरवसुन्दर श्रेष्ठ सदस्य थिए ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web