माओवादी केन्द्रका लुम्बिनी प्रदेश सल्लाहकार गोपाल पौडेल एमालेमा प्रवेश


  • दिव्यदर्शन
  • सोमबार, बैशाख १९ २०७९
  • पढ्न लाग्ने समय < 1 मिनेट

पाल्पा,वैशाख १९ । माओवादी केन्द्रका लुम्बिनी प्रदेश सल्लाहकार गोपाल पौडेल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । आशन्न स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले नेपाली काँग्रेससँग चुनावी गठबन्धन गरेकोप्रति असन्तुष्टि जनाउँदै सल्लाहकार पौडेलसहित माओवादी तानसेन १० को सिंगो वडाकमिटी एमालेमा प्रवेश गरेको हो ।

२३ वर्षसम्म माओवादीलाई साथ दिएको बताउँदै नेता पौडेलले पार्टीको अग्रपङतीले जनताको दुखमा नसम्झिएको आरोप लगाउनुभयो । देश र जनताको हितमा भन्दा व्यक्तिगत हितका लागि अहिलेको चुनावमा दक्षिणपन्थी र बामपन्थी दलबीच तालमेल भएकाले चित्त नबुझेर माओवादी त्यागेको उहाँको भनाई छ । पौडेलसहित वडाकमिटीका अध्यक्ष राजेन्द्र बहादुर राना, उपाध्यक्ष सुनिता नेपाली, सचिव राजु नेपाली, सहसचिव पदम बहादुर नेपाली, कोषाध्यक्ष भीम बहादुर नेपालीलगायतका सदस्यहरुलाई नेकपा एमाले पोलिट्ब्युरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज ठाकुर गैरे, एमाले प्रदेश कमिटि अध्यक्ष राधाकृष्ण कँडेल, केन्द्रिय अनुशासन आयोग सदस्य झपेन्द्र जीसी, प्रदेश सदस्य नारायण आचार्य, अशोक कुमार शाही, नारायणी शर्मा, तानसेन नगरकमिटी अध्यक्ष गुरास आत्रेय लगायतले स्वागत गर्नुभयो ।

यसैगरी नेकपा माओवादी केन्द्रका तानसेन नगरकमिटी सहसचिव गोकुल पौडेल, सदस्य देव बहादुर रावल, वाईसीएल नगर सचिव सुरेश विष्ट लगायत पनि नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले पोलिटब्युरो सदस्य ठाकुर गैरेले चुनावलाई गठबन्धन र सत्ताको आडमा प्रभावित बनाउन खोजिरहेको आरोप लगाउँदै त्यसको कडा प्रतिवाद गर्ने बताउनुभयो । उहाँले वैशाख ३० मा सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनपछि पाल्पा जिल्लाका दश वटै पालिका एमालेको लालकिल्ला बन्ने दावी गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web