काठमाडौं,वैशाख १७ । नेपाल राष्ट्र बैंकले शनिवार रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली खुला रहने बताएको छ ।
नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै विकास ऋणपत्र २०८८ र २०७९ ‘ङ’ को ब्याज भुक्तानीको लागि शनिवार पनि सो सेवा खुला रहने बताएको हो ।
तर यस्तो सेवा विहान १० बजेदेखि १२ बजेसम्म दुई घण्टा मात्र खुल्ला रहने छ ।