मलाई विपक्षीका पार्टी कार्यकर्ताले समेत आवश्यक चुनावी सल्लाह दिइरहेका छन् – अध्यक्ष तामाङ


  • दिव्यदर्शन
  • शुक्रबार, बैशाख १६ २०७९
  • पढ्न लाग्ने समय < 1 मिनेट

नुवाकोट,वैशाख १६ । पञ्चकन्या गाउँपालिकाका पूर्व अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र पञ्चकन्याबाट अध्यक्ष दावेदार तेजबहादुर तामाङ (रमेश) ले चुनावी सरसल्लाह सबैको अनुसरण गर्ने बताएका छन् ।

आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि आफ्नो उम्मेद्बारी तथा विविध संगठनात्मक कार्यक्रमसहित अगाडि बढिरहेको बताए । केहि समय अगाडि साझापथ डटकमको भिडियो संवादमा कुराकानी गर्दै नेता तामाङले गाउँघरका कतिपय कार्यक्रममा आफू निस्किदा समेत युवा सर्कलदेखी वृद्ध बुबाआमाले समेत एक कार्यकाल थप्नु भनेकाले आफ्नो उम्मेदवारी दोहोरिएको स्पष्ट पारेका छन् ।

त्यस्तै माओवादी केन्द्र पञ्चकन्याले शुक्रबारदेखि मतदाताको घरदैलोसम्म पुग्ने कार्यक्रम समेत अगाडि बढाएको छ । पार्टीका नेता तथा शुभेच्छुकसहित सयौंको संख्यामा निस्किएको पार्टीका कार्यकर्ताहरुको जुलुसले गाउँपालिका वडा नम्बर १ मा बाजागाजासहित घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । उपस्थित नेता गणलाई स्थानीय नागरिकले जीतको अग्रिम शुभकामना समेत व्यक्त गरेका थिए ।

अध्यक्ष तामाङसंग साझापथ डटकमले गरेको भिडियो संवाद

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web