गुल्मी वैशाख १६ । वैशख ३० गते हुने स्थानीय तह निर्वाचनमा गुल्मीमा दुई जना पत्रकार उम्मेदवार बनेका छन् ।
नेपाल पत्रकार महासंघ गुल्मीका साधारण सदस्य हिरा एसी र घनश्याम खरेल स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका हुन् ।
हिरा एसी (नेकपा) एमालको तर्फबाट इस्मा गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।
घनश्याम खरेल नेकपा माओवादी केन्द्रको तर्फबाट चन्द्रकोट गाउँपालिका वडानम्बर–१ को वडाअध्यक्ष पदमा उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।