महालक्ष्मी विकास बैंकको नेपालगञ्ज शाखा स्थानान्तरण


  • दिव्यदर्शन
  • शुक्रबार, बैशाख १६ २०७९
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौं,वैशाख १६ । महालक्ष्मी विकास बैंकको नेपालगञ्ज शाखा स्थानान्तरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१२ सुर्खेत रोडबाट वडा नं २ पुष्पलाल चोकमा स्थानान्तरण गरिएको बैंकले जानकारी दिएको हो ।

बैंकका सञ्चालक दीपक रौनियार र नेपाल राष्ट्र बैंकका नेपालगञ्ज शाखा प्रमुख निभा श्रेष्ठले मंगलवार स्थानान्तरित शाखाको संयुक्त रूपमा उद्घाटन गरे ।

उद्घाटन समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू लगायतको उपस्थिति थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले ग्राहकको आवश्यकतालाई दृष्टिगत गर्दै आगामी दिनमा थप गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपालगञ्ज शाखाबाट ग्राहकहरूले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा लगायत वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता शाखाका प्रबन्धक कोमल विष्टले व्यक्त गरे ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web