गुल्मी,वैशाख १४ । गुल्मीमा १८ वर्षीय किशोरीलाई जवरजस्ती करणी गरी फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडानम्वर–६ का ४३ बर्षीय उमबहादुर नेपालीले १८ बर्षीय किशोरीलाई गत फागुन २ गते दौघामा रहेको स्थानीय लक्ष्मी नेपालीको गोठमा जवरवस्ती करणी पश्चात फरार रहेको भन्ने सूचनाको आधारमा प्रहरीले खोजतलास गरेको थियो।
वैशाख १२ गते कार्यालयमा प्राप्त सूचना अनुसार निजलाई बैशाख १३ गते घरबाटै प्रकाउ गरी ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधब खरेलले बताए । किशोरीको महिनावारी रोकिए पश्चात घर परिवारले स्थानीय मेडिकलमा स्वास्थ्य परीक्षण गर्न लगेका थिए ।मेडिकलमा स्वास्थ्य जाँच गर्दा किशोरीको गर्भ रहेको भन्ने थाहा भएपछी मात्र प्रहरीमा खबर गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पश्चात निजलाई जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।