नुवाकोट काङ्ग्रेसमा पहिरो, १ सय ३० जनाले दिए सामुहिक राजिनामा


  • दिव्यदर्शन
  • मंगलबार, बैशाख १३ २०७९
  • पढ्न लाग्ने समय 2 मिनेट

नुवाकोट,वैशाख १३ । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं १२ मा नेपाली कांग्रेसका १ शय ३० जना क्रियशिल सदस्यहरुले एक साथ राजिनामा दिएका छन् । २०७४ को स्थानीय चुनावमा नेपाली कांग्रेसको तर्फबाट बेलकोटगढी नगरपालिकाको मेयरका आकांक्षी समेत रहेका बद्रिप्रसाद त्रिपाटी सहित १ शय ३० जना ले सामुहिक राजिनामा दिएका हुन् ।

नेपाली कांग्रेसले बोकेको नाराहरु नरामा मात्र सिमित रहेर ब्यवहारमा कहिल्यै लागु नभएको र १४ औं माहाधिवेसनमा मनोमानी हिसावले क्रियसिल भर्ने , पटक पटक कार्यक्रताहरुको भावना बिपरित कार्य गर्ने, एकै परिवारका २०, २२ जनालाई सदस्यता दिने तर पार्टीको लागी अहोरात्र खटिने कार्यकर्ता लाई वेवास्ता गरेको लगायतका बिषयमा नगर समिती , क्षेत्रिय समिती हुदै केन्द्रिय कार्यसमिती लाई झकझकाउदा समेत वेवास्ता गरेको भन्दै १ सय ३० जनाले सामुहिक रुपमा साधारण सदस्य समेत नहुने गरी राजिनामा बुझाएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web