सिन्धुपाल्चोक जुगल गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका रेशम र हिमाल


  • दिव्यदर्शन
  • सोमबार, बैशाख १२ २०७९
  • पढ्न लाग्ने समय < 1 मिनेट

सिन्धुपाल्चोक,वैशाख १२ । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस को संयुक्त गठबन्धन बाट अध्यक्षमा रेशम स्याङ्गबो उपाध्यक्षमा हिमाल कुमारश्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन ।

निर्वाचन अधिकृतको कार्यालय पुगेर १२ वैशाख दिउँसो स्याङबो र श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन्।

सत्तारुढ दलबीचको सहमतिमा नेकपा माओवादी केन्द्रबाट रेशम स्याङबो अध्यक्ष् पदमा उम्मेदवार बनेका हुन् भने नेपाली कांग्रेसबाट हिमाल कुमार श्रेष्ठ उपाध्यक्ष पदमा उम्मेदवार बने । कतिपय वडामा गठबन्धनबीच तालमेल भएको छ भने कतिपय वडामा तालमेल हुन सकेको छैन ।

समाजवादी र माओबादी केन्द्रले जुगल गाउँपालिकाको वडा नम्बर १ मा कमल थापा, २ मा प्रताप लामा ३ मा आकाश तामाङ, ४ मा ईन्द्र श्रेष्ठ र ५ मा मिन बहादुर श्रेष्ठ ६ मा मिन बहादुरश्रेष्ठ ७ मा लाक्पा तामाङ ले अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web