काठमाडौं,वैशाख १२ । टोखा नगरपालिकाका एमालेको तर्फबाट मेयरमा प्रकाश अधिकारीले नै निरन्तरता पाएका छन् ।
त्यस्तै नगरका उपमेयरमा ज्ञानमाया डङ्गोलले पुनः निरन्तरता पाएकी छन् ।
पूर्व मेयर अधिकारी र पूर्व उपमेयर डङ्गोलले मनोनयन पश्चात् नगरका बाकी काम सम्पन्न गर्ने अठोट गरेका छन् ।
पूर्व मेयर अधिकारीले जनताको आदेशलाई नेकपा एमालेले समर्थन गरेकोमा पार्टीप्रति आभार व्यक्त गरेका छन् ।
त्यस्तै पञ्चलाल डङोल वडा नम्बर १ का अध्यक्षमा पञ्चलाल डङ्गोल चयन भएका छन् ।