काठमाडौं,वैशाख १२ । पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ६४२ जनाको पीसीआर परीक्षण गर्दा १९ जनामा सङ्क्रमण देखिएको हो ।
त्यसैगरी, एक हजार १३३ जनाको एन्टिजेन परीक्षण गर्दा दुई जनामा सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा १७ जना सङ्क्रमणमुक्त भएका छन् भने मृत्यु शून्य छ । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २७१ जना रहेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा एक लाख २३ हजार २१० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।