कोरोना अपडेट: थप ११ जना सङ्क्रमित, २७ सङ्क्रमण मुक्त


  • दिव्यदर्शन
  • आइतबार, बैशाख ११ २०७९
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौ,वैशाख ११ । पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३१ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा सङ्क्रमण देखिएको हो ।

त्यसैगरी, ११ सय १ज्ञ जनाको एन्टिजेन परीक्षण गर्दा दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा २७ जना सङ्क्रमणमुक्त भएका छन् भने मृत्यु शून्य छ । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २६९ जना रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ४८ हजार ९४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web