कोरोना अपडेट: थप १८ जना सङ्क्रमित, १७ सङ्क्रमण मुक्त


  • दिव्यदर्शन
  • शनिबार, बैशाख १० २०७९
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौं,वैशाख १० । पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३६ सय ९१ जनाको पीसीआर परीक्षण गर्दा १८ जनामा सङ्क्रमण देखिएको हो ।

त्यसैगरी, १२ सय ५६ जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा पनि सङ्क्रमण पुष्टि नभएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा १७ जना सङ्क्रमणमुक्त भएका छन् भने मृत्यु शून्य छ । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २८३ जना रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ४८ हजार ७८० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web